Duration 4:55

सडकको दुर्दशा कहिल्यै फेरिएन । बरु मन्त्री, नेता र सडक कार्यालयका थुप्रै हाकिमहरू फेरिए। Gulmi Sadak

462 watched
0
4
Published 17 Aug 2021

Exclusive report by Tulsi bhandari Gulmi गुल्मी– रुद्रवेणी–वामीटक्सार सडक जिल्लाकै पुरानो र व्यस्त सडक हो । तर, वर्षौं पुरानो सडकको दुर्दशा कहिल्यै फेरिएन । बरु मन्त्री, नेता र सडक कार्यालयका थुप्रै हाकिमहरू फेरिए । यो सडकबाट दैनिक रुपन्देहीको बुटवल,पाल्पा ,गुल्मी र बाग्लुङका लागी सयौँ गाडी आउजाउ गर्छन् । यो सडकले नेता नपाएको होइन । तर, कामले प्राथमिकता भने कहिलै पाएन ।रुद्रवेणी–वामीटक्सार सडक परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री गोकर्ण विष्ट र लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालको निर्वाचन क्षेत्रमा पर्छ । मैना भण्डारी, चन्द्र भण्डारी, कृष्ण छन्तेल, सुर्वण ज्वारचन, कमलराज श्रेष्ठ, खड्ग केसीलगायत वर्तमान र पूर्व दुवै माननीय पनि सोही क्षेत्रका हुन् । यो सडकमा कामभन्दा राजनीति रंग बढी देखिएको छ । बरु गाउँ–गाउँमा बाटाले पाटा गए । केन्द्रमा पहुँच भएका मन्त्री र नेताको नाम सम्झँदा गर्व लाग्ने भए पनि गाउँको सडक देख्दा दया लाग्दो छ । सबै पार्टीले चुनावी घोषणापत्रमा कालोपत्रे गर्छन् । तर, वास्तविक सडकको स्थिति दुर्भाग्यपूर्ण छ । सडकमा गाडी डुब्ने खाडल छन् । केही ठाउँमा सडकको नामोनिशानै छैन । केही ठाउँमा बल्लतल्ल गरिएको ग्राभेल पिच उक्किएर कच्चीभन्दा फरक छैन । केही खण्डमा काम भए पनि गुणस्तरका विषयमा स्थानीय सन्तुष्ट छैनन् ।उल्लीखोला, चिउरेनीलगायत(चोरकाटे-सोता खन्ड) स्थानको विकल्प नहुँदासम्म दुर्घटनाको जोखिम कायमै रहेको छ । रुद्रवेणीदेखि वामी हुँदै दरमखोलासम्मको ४० किलोमिटर सडकमा थुप्रै निर्माण व्यवसायीले काम गरेका छन् तर गुणस्तरीय काम कुनै खण्डमा भएका छैनन् । यो एउटा उदार्णय किल्प मात्रै हो। यही बाटो हुदै चन्द्र्कोट ग.पा कि उपमयर रादीका अर्याल कार्यालय जानु हुन्छ ।तय्सतै चन्द्र्कोट ग.पा वडा नं. ७ का वडा अद्क्ष्य को घर यहा बाट २००मि को दुरीमा मात्रै पर्दछ। माननीयहरु को नजर यता नपरे पछी कोहि सथानीय युवाहरु ले खाल्डोको पानि कटान गर्दै। if you have any isssue concern please do let us know at scotnepalonline@gmail.com Subscribe US Click Here : https://goo.gl/xiay1T Please visit our website :http://scotnepal.com https://www.facebook.com/scotnepal https://scotnepal.com You tube : /scotnepalonline Twitter :https://twitter.com/scotnepal Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed) यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Any Enquiries please contact us at scotnepalonline@gmail.com

Category

Show more

Comments - 0