Duration 5:29

चीनको एउटा होटलको स्वरुप नै नेपाली शैलीको हुने। यसरी छाउँदैछन्, चीनमा नेपाल चिनाउने तत्वहरू।

306 watched
0
17
Published 3 Dec 2021

नेपाली कला संस्कृति, रहनसहन, भेषभूषा, खानपान एवं नेपाली उत्पादन समेतलाई चीनको एउटा होटलले इतिहास झल्किने गरी प्रस्तुत गर्ने भएको छ। नेपाल थिम होटल नाम राखेर सो होटलमा नेपाली हस्तकला, उत्पादन तथा नेपालीपन झल्किनेगरी स्टोर तयार पार्ने भएको हो। चीनको दक्षिणी व्यापारिक सहरस्थित होटलले नेपालको कला संस्कृतिलाई यसरी समर्थन गर्ने भएको हो। क्वाङतोङ, हङकङ, मकाउ बृहत् खाडीको रणनीतिक क्षेत्रमा पर्ने चाउछिङ सहरको व्यापारिक केन्द्रमा रहेको गोल्ड फिनिक्स अन्तर्राष्ट्रिय होटलले आफ्नो होटल संरचनालाई नेपाली कला र संस्कृति अनुरूप परिमार्जन गर्न लागेको हो। कुनै चिनियाँ व्यवसायीले नेपाल कलासंस्कृति तथा सभ्यताको प्रवर्द्धनका लागि आफ्नो स्वामित्वको होटललाई नै प्रयोग गर्न लागेकोमा खुशी लागेको बताउँदै क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत हरिशरण पुडासैनीले आफ्नो र त्यहाँस्थित नेपाली निकायहरूलाई पनि हातेमालो गर्ने तत्परता देखाए। सन्२०१७ देखि क्वाङ्चौ महावाणिज्य दूतावासले दक्षिणी चीनका क्वाङतोङ्, फुच्येन, हाइनान र क्वाङ्सी प्रान्त लगायतमा रहेका नेपालीहरूका लागि कन्सुलर सेवा, पर्यटन प्रवर्द्धन, लगानीका अवसरको पहिचान तथा परिचालन, बजार संभाव्यताको अध्ययन गरी नेपाली उत्पादनलाई प्रचार गर्ने तथा आयात निर्यातका लागि सहजीकरण गर्दै आएको बताउँदै महावाणिज्यदूत पुडासैनीले चिनियाँका तर्फबाट पर्याप्त सहयोग प्राप्त भएको बताए। उनले भने, ‘एक असल छिमेकीको नाताले नेपालमा भूकम्प वा कोभिड-१९ महामारी जस्ता अनेकन् संकटमा चिनियाँ जनताका तर्फबाट अतुलनीय सहयोग र सद्भाव देखाइएको छ।’ नेपालमा विपत्ति परेका बेला चिनियाँ बुद्धिष्ट मन्दिरहरूका तर्फबाट सहयोग नेपाल पुग्ने गरेको छ। त्यस्ता कामहरूमा फिनिक्स अन्तर्राष्ट्रिय होटल, हिमालय क्वाङ्चौ एजुकेसन टेक्नोलोजीको अग्रसरता देखिएको छ। होटलका संचालक ह्वाङ तवेइले नेपाली थिम होटलको रूपमा नेपाली उत्पादनको प्रदर्शनी स्थल बनाउने आफ्नो इच्छा सुनाए। होटल व्यवसायी ह्वाङले नेपालमा पर्यटन क्षेत्रमा सहकार्य इच्छा देखाएका छन्। बुद्ध धर्मका अनुयायी भएकाले नेपालसँग उनको गहिरो आत्मीयता रहेको पुडासैनीले जानकारी दिए। #Chinese_GoldPhoenixHotel #Nepali_Cultural_Theme_Decoration #Nepali_General_Consulate_Guangzhou

Category

Show more

Comments - 6